५० औँ दिनमा महाकाली —मेची पैदल यात्रा समापन : लोकबाजा र लोक संस्कृतिको संरक्षणमा जोड

A notice in Nepali from Mechinagar Ward No. 10

१४ वैशाख, मेचीनगर : लोकबाजा र लोक संस्कृतिको संरक्षणका लागि महाकाली —मेची पैदल यात्रामा निस्किनु भएका सुर्खेतका शेरबहादुर आचार्य गाइनेले ५० औँ दिनमा बुधबार मेची आईपुगेर आफ्नो यात्रा समापन गर्नुभएको छ । उहाँ मंगलबार साँझ ४९ औँ दिनमा मेची आइपुग्नुभएको थियो ।

साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले गाईनेको स्वागत तथा सम्मानका लागि कार्यक्रम आयोजना गरेको थियो । लोक तथा दोहोरी गायक समेत रहनु भएका पैदल यात्री गाइनेले नेपाली मौलीक लोकबाजाको संरक्षण र नेपाली मौलीक लोक संस्कृतिको अभियानमा महाकालीको हरिहरघाटबाट २०७८ फागुन २४ गते पैदलयात्रा शुरु गर्नुभएको थियो ।

चैत वैशाखको चर्काे खडेरीलाई समेत चिर्दै र छिचोल्दैं देशप्रतिको माटो नेपाल आमाको मायासँगै लोक संसकृतिको मायाले गर्दाखेरी मनभरि संस्कृतिको भाव ओतप्रोत भएको हुनाले आफूले यो यात्रा शुरु गरेको उहाँको भनाई छ ।

पछिल्लो समयमा हाम्रा पिता पुर्खाले बचाएर राखिदिएको संस्कृतिका हरेक वस्तु लोप भएर गइरहेकोमा उहाँले गुनासो गर्नुभयो । हाम्रा मौलीक बाजाहरु सारंगी रोई रहेको र विस्तारे विस्तारै पछिल्लो पिढीले सहनाई, दमाह, झ्याम्टा, विनायो मुर्चुङ्गा चिन्न र विर्सन थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

यसकारण ती वाजाहरुलाई हामीले जस्ताको तस्तै संरक्षण गर्नुपर्ने बताउँदै उहाँले नेपालीको पहिचान भनेकै लोक संस्कृति भएको उहाँको भनाई छ । पश्चिमी पाश्चात्य संगीतका कारण नेपाली लोक संगीत संकटमा परेको उहाँको तर्क छ ।

युवा पूस्तामा लोक बाजा प्रतिको मोह हराउदै जान थालेपछि त्यसको संरक्षणका लागि सबै कलाकर्मीलाई लाग्न उहाँले आग्रह समेत गर्नुभयो । यात्राका क्रममा आफुले खासै समस्या व्योहोर्नु नपरेको उहाँको भनाई छ ।

पछिल्लो पुस्ताले मादल, सारङ्गी,लगायतका नेपाली लोकबाजा भुल्दै जान थालेका कारण त्यस्ता लोकबाजा बोकेरै महाकाली —मेची पैदल यात्रा शुरु गर्नुभएको थियो ।
लोक संस्कृतिको जगेर्नाका लागि यस्तो अभियान थालेको अभियानबाट लोक संस्कृतिप्रेमीहरुमा एक प्रकारको हौसला मिलेको साहित्य चौतारी झापाका संरक्षण एवम् भजन गायक देवीभक्त श्रेष्ठको भनाई छ । यात्रा समापनका अवसरमा स्थानीय गन्धर्वहरुको समेत उल्लेखिय उपस्थिती थियो । त्यहाँ उनीहरुले राष्ट्रिय तथा लोकगीतहरु प्रस्तुत गरेर यात्रा समापन कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.