शहरी विकासमन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

A notice in Nepali from Mechinagar Ward No. 10

निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भएपछि झाँक्रीले विदेश भ्रमण गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगका एक आयुक्तका अनुसार आयोगले झाँक्रीको अमेरिका भ्रमणका सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।

मन्त्री झाँक्रीले स्पष्टीकरणको जवाफ पठाएकी छन् । आयोगले सोधेको स्पष्टीकरणको जवाफ मन्त्रालयको तर्फबाट आएको तर, त्यसको अध्ययन भने भइनसकेको आफूले बुझेको उनले बताए ।

झाँक्रीको अमेरिका भ्रमणका सम्बन्धमा उजुरी परेपछि आयोगले उनीमाथि छानबिन थालेको थियो । छानबिनका क्रममा आयोगलाई जानकारी नगराई उनी अमेरिका भ्रमणमा गएको पाइएको आयोगस्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.