झापाका १५ वटा पालिकाहरुमध्ये प्रमुख पदमा अधिकाँश पुरुष उम्मेद्वार : तीनवटा नगरपालिका र दुईवटा गाउँपालिकामा मात्र महिला प्रमुख पदको उम्मेद्वार

A notice in Nepali from Mechinagar Ward No. 10

१४ वैशाख, मेचीनगर : झापाका १५ वटा पालिकाहरुमध्ये प्रमुख पदमा अधिकाँश पुरुष उम्मेद्वार रहेका छन् । जिल्लाका राजनीतिक दलहरुले आसन्न वैशाख २० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रमुख पदका लागि ५ वटा पालिकामा ५ जनामात्र महिला उम्मेद्वारहरुलाई अघि सारेका छन् । समाचार स्रोतका अनुसार तीनवटा नगरपालिका र दुईवटा गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाईएको छ । महिला उम्मेद्वारका प्रतिस्पर्धी भने ठूला दलबाटै पुरुष छन् ।

नेकपा एमालेले विर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई, दमक नगरपालिकाको प्रमुखमा गीता अधिकारी, बुद्घ—शान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल, नेपाली काँग्रेससहितको सत्ता साझेदार गठबन्धनको तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा रञ्जिता कार्की र नेपाली काँग्रेसबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फुलवती राजवंशीलाई अघि सारेको छ ।

एमालेले विर्तामोड र दमक नगरपालिमा नगरप्रमुख पदमा खडा गरेको उम्मेद्वार महतारा प्रसाई र अधिकारी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सोहि पालिकामा विजयी भएर उपप्रमुखको जिम्मेवारीमा हुनुहुन्थयो ।

बुद्घ—शान्ति गाउँपालिकाको अध्यक्षकी उम्मेद्वार भुर्तेल २०७४ सालको निर्वाचनमा एमालेकोतर्फबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो । अर्जुनधारा नगरपालिकाको प्रमुख पदकी गठबन्धनकी उम्मेद्वार कार्की अधिवक्ता हुनुहुन्छ । काँग्रेसबाट गौरीगञ्जको अध्यक्षमा उम्मेद्वारी दिनुभएकी राजवंशी २०७४ सालको निर्वाचनमा पराजित उम्मेद्वार हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.