शेयर बजार अब सातामा चार दिन मात्रै खुल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाल सरकारले जेठ एक गतेदेखि लागु हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय सँगै शेयर बजार सातामा चार दिन मात्रै खुला हुने भएको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिदा अहिले सातामा दुई दिन कारोबार बन्द हुँदै आएको शेयर बजारमा अब तिन दिन बन्द हुने देखिएको छ ।

हाल शुक्रवार र शनिवार कारोबार बन्द हुँदै आएको छ । शुक्रवार राफसाफ लगायतका काम गर्नका लागि बिदा दिने गरिएकोले सार्वजनिक बिदाको दिन बढ्दा शुक्रबार पनि कारोबार खुला हुने अवस्था न्यून छ । यदि नेप्सेले शुक्रबार कारोबार खुला गर्ने निर्णय गरेन भने अवदेखि सातामा चार दिन मात्रै कारोबार खुला हुनेछ ।

अर्को तर्फ कार्यालय खुल्ने समय विहान ३० मिनेट र बेलुका ३० मिनेट बढाइएकोले नेप्सेले पनि कारोबार खुल्ने समय थप्न सक्ने सम्भावना पनि उत्तीकै रहन्छ । नेपाल सरकारले गरेको निर्णयलाई मात्रै आधार मान्ने हो भने बिदा सातामा तीन दिन शेयर बजार बन्द हुन्छ भने ४ दिन मात्रै खुला हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.