परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१४ वैशाख, काठमाडौँ :  गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यलय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन।

उनले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.