एमालेको चुनावी घरदैलो, वडानम्बर ६ को प्रतिवद्घता पत्र सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, मेचीनगर : नेकपा एमाले मेचीनगर कमिटीले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनकालागि घरदैलो अभियानलाई तीव्र पारेको छ । शुक्रबार साविक दुहागढीका सवै वडा हाल मेचीनगरको १४ नम्बर वडामा उम्मेद्वार सहित पार्टीले घरदैलो अभियान सम्पन्न गरेको छ ।

नगरप्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, उपप्रमुख पदका उम्मेद्वार मीना पोखरेल उप्रेती, वडानम्बर १४ का वडाध्यक्षका उम्मेद्वार शंकर पोखरेलसहित वडा सदस्य र कार्यकर्ताहरुले घरदैलो गरेका थिए ।

एमाले केन्द्रीय सल्लाहकार सदस्य तथा निर्वाचन परिचालन कमिटी मेचीनगका सहसंयोजक विष्णुप्रसाद प्रसाईको नेतृत्वमा सम्पन्न घरदैलोमा स्थानीयवासीले स्वास्थ्य, शिक्षा, खानेपानी, विजुली सञ्चार, कृषि, बाटोघाटो सिञ्चाईलगायतका समस्याका बारेमा नेता तथा उम्मेद्वारहरुसँग छलफल गरेका थिए । उम्मेद्वार तथा एमाले नेताहरुले स्थानीय तहमा नेकपा एमालेको स्थानीय सरकार गठन भए प्राथमिकताका आधार समस्या समाधान गर्ने प्रतिवद्घता व्यक्त गरेका थिए ।

एमाले केन्द्रीय सल्लाहकार सदस्य तथा निर्वाचन परिचालन कमिटी मेचीनगका सहसंयोजक विष्णुप्रसाद प्रसाईले अहिले एमालेलाई चारैतिरबाट घेराबन्दीमा पारेर समाप्त पार्न गठबन्धनका नाममा अहिले ५ दलिय सरकार लागेको बताउनुभयो ।

एमालेकातर्फबाट नगरप्रमुखका उम्मेद्वार बुढाथोकीले मेचीनगरमा अहिले पनि हात्ती आतंक जारी रहेको र त्यसको दीर्घकालिन समाधानमा आफू लाग्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । उपप्रमुख उम्मेद्वारी उप्रेतीले एमालेको नेतृत्वमा बनेको सरकारले जनताको हित अनुसार काम गरेर समृद्घ नेपाल सुखी नेपालीको सपनालाई असफल बनाउन अहिले अन्य दलहरु लागेको बताउनुभयो ।

संयौको संख्यामा रहेका उम्मेद्वारसहित नेकपाका कार्यकर्ताहरुले नाचगानसहित गणेश मन्दिर, नमुना टोल, मैनाली वाडी, सन्थाल वस्ती, प्रणमी नगर, कञ्चनवारी, मियाँ वस्ती, १४ नम्बरको वडा कार्यालयलगायतका स्थानमा घरदैलो गरेको थियो ।

यसैबीच नेकपा एमाले मेचीनगर ६ नम्बर वडा कमिटीले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिबद्घता पत्र सार्वजनिक गरेको छ । ‘समाजवादको तीन आधार शिक्षा स्वास्थ्य र रोजगार’ भन्ने मुख्यः नारा बनाएको प्रतिबद्घता पत्रमा । वडानम्बर ६ मा पूर्वाधार, शिक्षा, स्वास्थ्य युवा तथा खेलकुद, उद्योग वाणिज्य र पर्यटन, कृषि तथा सहकारी, पर्यावरण तथा वातावरण, कला, साहितय र संस्कृति, विपत व्यवस्थापन, वडामा कामका पृथक विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी प्रतिवद्घता पत्र सार्वजनिक गरेको हो ।

काँकरभिट्टामा नेपाल कम्यूनिष्ट पार्टी एमाले मेचीनगर ६ नम्बर वडा कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिबद्घता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष पदका उम्मेद्वार बालकृष्ण थापा, वडा सदस्य पदका उम्मेद्वारहरु धर्वकुमार राई, भविन्द्र सुब्बा, महिला सदस्य पदका उम्मेद्वार अञ्जु थापा तथा दलित महिला पदका उम्मेद्वार सिमा रसाईलीले संयुक्तरुपमा प्रतिबद्घता पत्र सार्वजनिक गर्नुभएको थियो । एमालेले वडानम्बर ६ मा दशवटा बुँदामा ३० वटा काम गर्ने जनाएको छ । प्रत्येक बुदाँमा तीन÷ तीनवटामात्र काम गर्ने जनाएको छ ।

वडा कमिटी अध्यक्ष प्रितम काफ्लेले कार्यक्रमको अध्यक्षता गर्दै पार्टी बोल्नेभन्दा पनि काम गरेर देखाउने सोचका साथ प्रतिबद्घता पत्र सार्वजनिक गरेको प्रतिक्रिया दिनुभयो । वडाध्यक्ष पदका उम्मेद्वार थापाले आफ्नो टिम विजयी भए यी सवै कुरा गरेर देखाउने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.