पाँच दलीय गठबन्धन लुतो जस्तो-ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२० वैशाख, मेचीनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन ‘लुतो’ जस्तो भएको बताएका छन् ।

मंगलबार नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो कुरा बताएका हुन् ।

उनका अनुसार अहिलेको गठबन्धनलाई प्रजातन्त्र आउँदा पनि चिलाउँछ, विकास निर्माण हुँदा पनि लुतो जसरी चिलाउने गरेको छ ।

‘गठबन्धन टुटोस् भन्ने हामी चाहदैनौँ’, अध्यक्ष ओलीले भने–‘गठबनधन भइरहोस् । अब एमालेले देश बनाउन छ ।’ उनले गठबन्धनका प्रमुख नेता बाहेकका सबै नेता तथा कार्यकर्ताहरुलाई एमालेमा आएर राष्टका लागि योगदान गर्न आवह्न समेत गरे ।

घोषणा पत्रका विषयमा माओवादीलाई इङ्गीत गर्दै ओलीले भने–‘एमालेसँग हुँदा माओवादीलाई चाहिएन, अहिले कांग्रेससँग हुँदा पनि माओवादीलाई घोषणा पत्रै परेन ।’

‘तीन तहकै सरकार अब एमालेको बन्छ’, अध्यक्ष ओलीले भने–‘बहुमत मात्र होइन, बलियो बनाउन दुईतिहाई भन्दा बढी मत ल्याएर एमालेले सरकार बनाउछ ।’

अबको सरकार कस्को हो थाहै छ होला भन्दै अध्यक्ष ओलीले मेचीनगरलाई नमुना नगरपालिका बनाउन मलाई र सरकारमा सिधै पहुँच राख्ने गरी मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी र उपमेयरका उम्मेद्वार मिना पोखरेल उप्रेतीलाई जिताउन आग्रह गरेका थिए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्बाङ, पोलिटव्युरो सदस्य अग्नी खरेल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सकृय सदस्यहरु सुमन भट्टराई, प्रेम राई, कृष्ण मादेन सुब्बा, ईन्द्रकुमार लिम्बु, सन्तोष कार्की र राजन कार्की एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट धर्मराज राजबंशी, कुशल राजबंशी र सुवास राजबंशी लगायत एकदर्जन विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.