निर्वाचन प्रक्रियाबारे कांग्रेसको प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, बिर्तामोड : नेपाल लोकतान्त्रिक कानुन ब्यवसायी संघ(डि.एल.ए) ले झापाका गाउँ/नगर पालिका, प्रदेशसभा र क्षेत्रीय समितिका पदाधिकारीहरुलाई निर्वाचन पक्रिया र पद्धतिबारे प्रशिक्षण दिएको छ ।
नेपाली कांग्रेस झापाको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन प्रारम्भदेखि मतगणना सम्पन्न हुँदासम्मको अवधिमा गठबन्धन दलका तर्फबाट शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि खटिएका पार्टी प्रतिनिधिहरुलाई स्थानीय स्तरमा प्रशिक्षित गर्ने/गराउने, गठबन्धन दलका शुभेच्छुक मतदाताहरुको मतलाई बदर हुनबाट जोगाउने विषयमा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण हुमागाईले १३१ वटै वडाका २८६ मतदान स्थल ७५५ मतदान केन्द्रमा नेपाल तरुण दल, महिला संघ, वाइसिएल लगायतका गठबन्धन दलका भातृ संस्थाहरुको संयुक्त स्वयम् सेवक परिचालन गर्न आग्रह गर्नुभयो ।
गठबन्धन दलका उम्मेद्वारहरुलाई अत्यधिक मतदान गरेर विजयी गराउन आग्रह गर्दै सचिव हुमागाईले गठबन्धन दलका उम्मेद्वार जिताउन नसके संविधान र लोकतन्त्रको रक्षा गर्ने गठबन्धनको लक्ष र उद्देश्य पूरा हुन नसक्ने भन्दै राजनीतिक सहमतिको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभयो ।
डि.एल.ए. झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीले सबै मतदान केन्द्रमा खटिएका मतदान स्थल र मतगणनामा खटिएका प्रतिनिधिहरुलाई निर्वाचन प्रक्रिया, पद्धति र नियमहरुको विषयमा स्थानीय स्तरमा प्रशिक्षित गराउन सुझाव दिनुभयो ।
डि।एल।ए। झापाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मी शिवाकोटी, भिम बराल, हरि अधिकारी, लगायतले मतदाता र मतपत्रको सुरक्षा, मतगणना विधि, शिलबन्दी र मुचुल्का तयारी लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.