जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको मन्त्री भट्टराईद्धारा उद्घाटन

जनकपुरधाम, मङ्सिर २३ गते। नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो ।
मन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राख्नुभयो ।

सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उहाँले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भन्नुभयो । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उहाँले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याउनुभयो ।

मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप्रदेश र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि धावनमार्गको विस्तार आवश्यक भएकाले जग्गा उपलब्ध र प्रक्रियागत समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच छलफल, समझदारी र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनकपुर विमानस्थललाई जनकपुरधाम विमानस्थल नामकरण गर्नुपर्ने र धार्मिक पर्यटन प्रवर्धन हुने ढङ्गले हवाई सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । अर्का प्रतिनिधिसभा सदस्य जुली महासेठले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनु जरुरी भएको धारणा राख्नुभयो ।

उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश रायले जनकपुरधामबाट अन्तर प्रदेश र भारतका बङ्गाल, उत्तरप्रदेश र विहारका प्रमुख स्थलसम्म हवाई सेवा सञ्चालनको अवधारणालाई मूर्तरूप दिन आग्रह गर्दै नेपाल भारत सीमा बन्दका कारण यात्रुलाई सास्ती भोग्नु परिरहेकाले सीमा खुला गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणका निमित्त महानिर्देशक नरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो समारोहमा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, जनकपुधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र एरोड्रम इञ्जिनीयरिङ विभागका प्रमुख प्रदीप अधिकारीले भवन र टावर निर्माणले जनकपुरधामको पर्यटन प्रवर्धन मा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पुरानो टर्मिनल भवनलाई विस्थापित गरी सुविधा सम्पन्न टर्मिनल भवन बनाउने सरकारको नीतिअनुरूप जनकपुरधामको ५३ वर्ष पुरानो टर्मिनल भवनलाई विस्थापित गरी रु ४२ करोडको लागतमा अत्याधुनिक सुविधायुक्त टर्मिनल भवन निर्माण गरिएको छ ।

सो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माणकार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.