आज र भोलि मतदाता परिचय पत्र वितरण गरिँदै

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख, काठमाडौँ : निर्वाचन आयोगले आज र भोलि मतदाता परिचत्र पत्र वितरण गर्ने भएको छ।

देशभरका सबै मतदान स्थलबाट आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ। यसका लागि सबै मतदान केन्द्रमा आयोगले परिचय पत्र वितरण गर्ने टोली खटाएको छ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका नयाँ मतदाताले परिचय पत्र पाउनेछन्। त्यस्तै, परिचपत्र हराएपछि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले पनि मतदान स्थलबाट परिचयपत्र पाउने आयोगले जनाएको छ।

देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल तोकिएका छन्। सबै मतदान स्थलमा आयोगको टोली पुगिसकेको छ।

देशभर एकै चरणमा वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि गएरातिदेखि मौन अवधि शुरु भएको छ।

यस पटक ७५३ स्थानीय तहका ३५ हजार २२१ पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.