चक्रवात ‘असानी’ आन्ध्र प्रदेश पुग्यो : भारतमा रेड अलर्ट जारी, नेपालमा कस्तो असर पर्छ?

A notice in Nepali from Mechinagar Ward No. 10

नयाँ दिल्ली : चक्रवाती आँधी ‘असानी’ भारतको आन्ध्र प्रदेशतर्फ सर्दै गएको छ। हाल भारतको मौसम विज्ञान विभागले राज्यका तटीय क्षेत्रमा आँधी, भारी वर्षा, हावाहुरी तथा बाढीको सम्भावनालाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरेको छ ।

 

आईएमडीका अनुसार आन्ध्र प्रदेशका श्रीकाकुलम, विजियानगरम, विशाखापट्टनम, पूर्वी गोदावरी, कृष्णा, गुंटुर र पश्चिम गोदावरी जिल्लाहरूमा बुधबार बिहान ८:३० बजेसम्म ४०-५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा हुरीसहित भारी वर्षा भइरहेको छ।   आन्ध्र प्रदेश प्रहरीका अनुसार तीव्र प्रवाहका कारण सडकमा क्षति पुगेको छ, सवारी साधनको आवतजावत नियन्त्रण गर्न सीमामा २ वटा चेकपोस्ट राखेका छौँ। सडक बिग्रँदै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो आँधी अबको केही घण्टामा उत्तरतर्फ सरेर बुधबार दिउँसोदेखि साँझसम्म भारतको नरसापुर, यानाम, टुनी र विशाखापट्टनमको तटीय क्षेत्र हुँदै उत्तर–उत्तर पूर्वतर्फ सर्ने सम्भावना रहेको छ ।

त्यसपछि बुधबार रातिसम्म पश्चिम मध्य बंगालको खाडीमा पुग्ने सम्भावना छ । आँधीको प्रभाव आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा देखिन थालेको छ । विशाखापट्टनममा हाल भारी वर्षा भइरहेको छ ।

नेपालमा यसको प्रभाव

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको विभागले उल्लेख गरेको छ। यसकै प्रभावले नेपालका पनि अधिकांश स्थानमा हाल वर्षा भइरहेको छ।

विभागले बैशाख ३० गते हुने चुनावमा सो चक्रावतको असले वर्षा हुने भन्दै सचेत रहन अनुरोध गरेको छ।

हाल नेपलका पहाडी भूभाग र प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ।

त्यस्तै आज राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा वर्षा हुने छ।

बुधबार र बिहीबार पनि देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने विभागले जानकारी दिएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा हुने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.