मतदातालाई पैसा बाँडेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख, सिरहा : सिरहामा मतदातालाई पैसा बाँडेको आरोपमा एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता प्रेमकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामालाई गोलबजार नगरपालिका–२, गुरुधाममा एक मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा टोलवासीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । स्थानीय भुला महतोलाई रकम बाँडेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीले लामाको साथबाट नमुना मतपत्र र नौ हजार रुपैयाँ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.