शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय बिदा कटौती

A notice in Nepali from Mechinagar Ward No. 10

२८ वैशाख, काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

‘सम्बन्धित निकायले हप्ताको दुई दिन बिदा गर्दा पाठ्यघण्टा घट्न नदिन ५ दिन १० देखि ४ बजेसम्म र हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सक्नेछन्’ उनले भने ।

यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

प्रवक्ता शर्माले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।

सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेपछि पाठ्यघन्टा घट्न नदिन मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको थियो । सोही छलफलका आधारमा हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गरेको प्रवक्ता शर्माले बताए ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.