Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह अर्थ / वाणिज्य" सरकारले तोकेअनुसार धानको मूल्य पाएनौँ " - कृषक

” सरकारले तोकेअनुसार धानको मूल्य पाएनौँ ” – कृषक

 

काँकरभिट्टा,  २४ मङ्सिर । सरकारले पहिलोपटक बाली लगाउनुअघि कृषिबालीको समर्थन मूल्य तोक्ने परम्परा बसाले पनि कृषकले सहि मूल्य नपाएको गुनासो गरेका छन् ।

सरकारले किसानलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोकिएको जानकारी दिएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले प्रस्ताव गरेको मूल्यअनुसार यस वर्ष लगाइने मध्यम धानको मूल्य प्रतिक्वीन्टल रू.२ हजार ८ सय ८५ र मोटा धानको मूल्य रू.२ हजार ७ सय ३५ तोकिएको मन्त्रालयले जानकारी दिएको थियो ।

यसबारेमा  अर्जुनधारा नगरपालिका -८ का कृषक गजलाल चम्लागाइँले  “सरकारले धानको मूल्य तोकेर के गर्नु , हामीले व्यापारीको मूल्यमा दिनुपर्छ”  भन्ने गुनासो मेरो मेचीनगरसँग पोखेका छन् ।  वास्तवमा सङ्घ सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नै किसानको श्रम, समय र लागतभन्दा कम छ ।  सरकारले तोकेको भन्दा ४/५ सय कममा व्यापारीले किसानबाट धान खरिद गरिरहेका छन् ।

बजार मूल्यअनुसार धान किन्ने गरेको कचन कवल गाउँपालिका -१  का धान व्यवसायी बिष्णु प्रसाद अधिकारीले  मेरो मेचीनगरलाई बताए । ‘बजारमा जसरी धान बिक्री हुन्छ,  त्यहीँ अुनसार किन्छौँ । सरकारको मूल्यसँग त मतलब छैन’, उनले भने ।

स्थानीयस्तरमा किसानले  सर्ना, राधा बाह्र, रञ्जित, कान्छी  मुन्सुली, ठूलो मुन्सुली  आदि धान बिक्रीका लागि ल्याउने गरेको उनले बताए । “धानको गुणस्तर  हेरेर २४ सयदेखि २६ सय प्रतिक्विन्टलसम्म धानको मूल्य रहेको छ ”  उनले भने ।

धानको मूल्य भने घटबढ भइरहने व्यापारी बताउँछन् । मोटा धानको बजार मूल्य भने २ हजार २ सय प्रतिक्विटल छ । धान भण्डारण गरेर मूल्य बढेपछि बेच्न किसानलाई कठिन हुन्छ ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु