तोकिएको निकायले काम नगर्ने तर दोष हामीलाई : काठमाडौं महानगर प्रमुख शाक्य

 

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शायले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षाअनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।

मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । उनले भने, ‘खानेपानी, ढल, सडक, बिजुली, इन्टरनेटको तारलगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्वसमेत उठाउने निकाय अलग–अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ।’

तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफैँ काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटीको जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.