गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै

काठमाडौं / गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच भोलि शुक्रबार विवाह हुँदै छ ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो ।

अध्यक्ष र उपाध्यक्ष गुरुङबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम छ । उक्त विवाह समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम रहेको बताइएको छ ।

‘परिवारको स्वीकृतिमा नै उनीहरुले विवाह गर्न लागेका हुन् । विवाह समारोह भने सामान्य हुने छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै अधिकांश आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको कर्ण गुरुङले बताएका छन् ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.