Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह राष्ट्रियसप्तरीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

सप्तरीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

राजविराज । सप्तरीको दशगज्जा क्षेत्रमा बुधवार सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित दशगज्जामा दिउँसो करिब ३ बजेर १५ मिनेटतिर सादा पोशाकमा पुगेका नेपाल प्रहरीका जवानले भारतीय बजार कुनौलीबाट सामानसहित आउनेहरुलाई रोकेर चेकजाँच गर्न थालेपछि विवाद सुरु भएको थियो ।

विवादकै क्रममा गाली गलौज, घम्साघम्सी हुँदै हतियार तानातानसम्म भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । श्रोतका अनुसार भारतसँग जोडिएका सिमा नाकाहरु ठप्प रहेको वेला समेत सप्तरीस्थित नाकाहरुवाट खुलेआम तस्करी भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट अनुगमनका निम्ती सादा पोशाकका टोली परिचालित भएका थिए ।

भारतवाट आउने गरेकाहरुलाई रोक्ने तथा उनीहरुले ल्याउने गरेको सामानहरुको चेकजाँच थाल्दा नजिकै ड्युटीमा रहेका सशस्त्र प्रहरीले सादा पोशाकमा रहेका नेपाल प्रहरीलाई रोक्न खोज्दा झडप भएको छ । झडपको क्रममा नेपाल प्रहरीका जवान बढी कुटिएको प्रहरी श्रोतले जनाएको छ ।

( साभार : अपन एफ.एम /न्यूज ब्यूरो सप्तरी )

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु