काठमाडौं-दिल्ली उडान खुल्यो, दुई देशका सरकारी एयरलाइन्समात्र उड्ने

२५ मंसिर, काठमाडौं । नेपाल र भारतबीच ९ महिनापछि नियमित हवाई उडानको बाटो खुलेको छ । भारतले प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल र भारतका सरकारी एयरलाइन्स सहभागी भई उडान सञ्चालन गर्नेछन् ।

एयर बबल स्किममा नेपालले आफ्नो एक र भारतको एक वायुसेवा कम्पनीलाई उडान अनुमति दिने निर्णय गरी सहमतिका लागि भारतसमक्ष प्रस्ताव गरेको थियो । भारतले उक्त प्रस्ताव स्वीकार गरी एयर इन्डियालाई उडानका लागि तोकेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले अब नियमित उडान गर्ने भएका छन् । कहिलेबाट उडान सुरु गर्ने भन्ने जिम्मा स्वयं एयरलाइन्सलाई दिइएको छ ।

अब नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि एक उडान गर्नेछ । एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि एक उडान गर्नेछ ।

यसरी यो रुटमा दैनिक दुई उडान हुने गरी सहमति बनेको छ । उडान खुलेसँगै अब ९ महिनासम्म रोकिएका यात्रुले नियमित नेपाल-भारत यात्रा गर्न सक्ने भएका छन् ।

एयर बबल अवधारणा भारतले कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी ल्याएको अवधारणा हो । यस स्किमअन्तर्गत नेपाल आउने यात्रुले यात्रा थाल्नु अगाडि नै अन्तर्राष्ट्रिय ट्राभल अनलाइन फारम भर्नुपर्ने छ ।

त्यसपछि विमान बोर्डिङ हुने समयभन्दा बढीमा ७२ घण्टा अघिको पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई मात्र नेपाल ल्याउन पाइने गरी मन्त्रिपरिषद्ले शर्त तोकेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.