२५, मङि्सर काँकरभिट्टा / उत्तरी मोरङ्गका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले हत्या गरेको विरोधमा झापा जिल्लाका सामुदायिक विद्यालयहरुले आज एक दिन पठनपाठन ठप्प पारेका छन् ।
शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौंडेलले दिएको जानकारी अनुसार एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको ३ जना अध्यक्षद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ती बमोजिम जिल्ला व्यापी पठन पाठन बन्द गरिएको हो ।
विज्ञप्तीमा राजेन्द्रकुमार श्रेष्ठको कायरतपूर्ण तरीकाले हत्या गरेको र हत्यामा संलग्नहरको खोजी गरी कानून बमोजिम सजाय दिन र पीडित पक्षलाई उचित क्षतिपूर्ति समेत दिई श्रेष्ठलाई शहिद घोषणा गर्न सरकारसँग माग गरेको छ ।
शिक्षक राजेन्द्रकुमार श्रेष्ठ मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।