लागुऔषध तस्करी विरुद्द प्रहरीले थाल्यो सर्च एण्ड सिजर अपरेशन

काँकडभिट्टा । नाकाबन्दीका बाबजुद पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् ।

कारोबारीहरुले विभिन्न बहानामा प्रहरीलाई छल्दै लागुऔषध भित्राउने गरेका छन् । खोलामा नुहाउने, गाईबस्तु चराउनेजस्ता बहानामा मेची नदी पार गर्दै कारोबारीले लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एन्ड सिजर’ अप्रेसन चलाएको छ । कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चलाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

सोही क्रममा अघिल्लो आइतबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले २८ ग्राम ब्राउनसुगरसहित लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको थियो । यस्तै, उनीहरूसँग लागुऔषध खरिद गर्न आएका धरान–५ का २४ वर्षीय कल्याण राई र धरान– १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई पक्राउ गरेको छ ।

पछिल्लो समय पूर्वीनाकाबाट ब्राउनसुगर धेरै बरामद हुने गरेको पोखरेलले बताए । यो नाकामा लागुऔषध ओसारपसारमा झापासँगै मोरङ र सुनसरीका युवाहरू बढी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.