५ जेठ, काँकरभिट्टा : मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । मेचीनगर १५ को वडा अध्यक्षमा काँग्रेसका गुणराज भट्टराई (राजन) विजयी हुनु भएको छ । यस अघि पनि वडा अध्यक्ष नै रहनु भएका भट्टराई पुन सोही पदमा निर्वाचित हुनु भएको हो ।
यस अघि घोषणा भएको मेचीनगर वडा नं. १, २ र ३ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं. १४ मा माओवादी केन्द्र विजयी भएको छ । १५ वडा मध्ये पाँच वटा वडाको अन्तिम परिणाम घोषणा भएको छ ।

























