झापाका पालिकाका प्रमुखहरुको सपथ ग्रहण सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

९ जेठ, भद्रपुर : झापा जिल्ला अदालतको सभाहलमा झापाका १५ स्थानीय तहमध्ये ११ पालिकाका प्रमुखहरुले आज सपथ ग्रहण गरेका छन् ।

सोमबार आयोजित कार्यक्रममा निर्वाचित पालिकाका मेयर तथा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले सपथ ग्रहण गराएका छन् ।

सपथ ग्रहण गर्ने प्रमुखहरुमा दमक नगरपालिकाका प्रमुख राम थापा, विर्तामोडकी पवित्रा महतरा, कनकाईका राजेन्द्र पोखरेल, भद्रपुरका गणेश पोखरेल, अर्जुनधाराका बलदेव गोम्देन, शिवसताक्षीका मेघाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाई, हल्दिबारीका रविन्द्र लिङ्देन, बाह्रदशीका देवेन्द्र चौलागाई, कचनकवलका कालिन्द्रसिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।
बाँकी रहेका गौरीगञ्ज, कमल गाउँपालिका, गौरादह, मेचीनगर नगरपालिकाका प्रमुखहरुलाई केही दिनपछि सपथ ग्रहण गराइने जनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.