Thursday, June 24, 2021
- बिज्ञापन -
गृह अर्थ / वाणिज्यमखमली साकोस निरन्तर नाफामा

मखमली साकोस निरन्तर नाफामा

सि.एन. गौतम

काँकरभिट्टा । झापा मेचीनगर काँकरभिट्टाको मखमली बचत तथा ऋण सहकारी संस्थाकाे १२ औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा रु. ४ लाख ८४ हजार ४ सय ८६ रुपैयाँ खुद नाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब ५ लाख कमाउन सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ झापाका सचिव लिला प्रसाद भण्डारीले कोरोनाको त्रासका बीच पनि सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गर्नुभएको थियो ।

सँस्थाका अध्यक्ष राधा प्रधान कार्कीले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन अनुसार आ.व. ०७६/ ०७७ को अन्त्यसम्ममा संस्थाले रु. ४ लाख ८४ हजार ८६ नाफा गरेको, निक्षेप रु.१ करोड ७९ लाख ६५ हजार ५ सय सङ्कलन गरेको छ भने रु. ४१ लाख ६६ हजार ८ सय ६३ लगानी गरेको छ । यसैगरी शेयर पूजी रु.४६ लाख ७० हजार ९ सय रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य राजकुमार श्रेष्ठ, मेची उद्योग वाणिज्य संघ उपाध्यक्ष विना तामाङ्ग, आधुनिक साकाेस सचिव कमल थापा क्षेत्री,मेची मासु तथा उपभाेक्ता सहकारी संस्था लि. लेखा सुपरीवेक्षण समिति संयाेजक दुर्गाबहादुर लुइटेल, मेचीनगर व्यूटी पार्लर एशाेसिएसन अध्यक्ष चन्दा राई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो

सो कार्यक्रममा उत्कृष्ट कर्मचारी तर्फ विना लिम्बू, उत्कृष्ट बचतकर्ता तर्फ मल्लिका शर्मा खरेल तथा संस्थाको जेष्ठ सदस्य तर्फ बालकुमारी नेम्बाङ्गलाई प्रमुख अतिथि भण्डारीले खादा तथा सम्मान पत्रले सम्ममान गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष भुवन सुब्बाको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य सीता गुरुङ्कले गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु