१० जेठ, चितवन : चिवतनको भरतपुर महानगरपालिकाको मेयरमा रणु दाहाल पुनः निर्वाचित भएकी छन्। गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणुले १२ हजार बढी मतान्तरले जित निकाल्दै पुनः मेयरमा निर्वाचित भइन्।
अघिल्लो पटक नेकपा एमालेका देवी ज्ञावालीमाथि २०३ मतको झिनो अन्तरले जित निकालेकी रेणुले यो पटक एमालेकै विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरिन् ।
रेणुले ५० हजार ५२ हजार ३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरे । यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७ सय २८ मत प्राप्त गरे।
यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। अधिकारीले ५२ हजार ८ सय ३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।

























