धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार : भ्रष्टाचार नियन्त्रण र जनतालाई पर्याप्त खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता

A notice in Nepali from Mechinagar Ward No. 10

१० जेठ, धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए ।

कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो ।

मेयर राईलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेका थिए ।

कार्यभार सम्हाल्नु हुँदै राईले आफ्नो पहिलो प्राथमिकता धरान नगरपालिकामा हुने भ्रष्टाचार नियन्त्रण र धरानको दिर्घकालिन समस्याका रुपमा रहेको खानेपानी समस्या सनाधान गर्ने बताउनुभयो ।

उहाँले चुनाव अगाडी गरेका आफ्नो बाचा आफूले पूरा गर्ने र धरानको विकाश र समृद्धि सबै मिलेर मात्र सम्भव हुने बताउनु भन्दै आफ्नो कार्यकालमा सबैलाई सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.