अमेरीकामा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, टेक्सास : अमेरिकी  राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले त्यहाँको समयअनुसार मंगलबार इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गुमेको छ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार अन्धाधुन्ध गोली चलाउने ती १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ।

घटनामा ती किशोर एक्लै संलग्न रहेको प्रहरी अधिकारीले बताएका छन्।

दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थए।

स्कुल गएर बालबालिकाहरुमाथि अन्धाधुन्ध गोली चलाउनुअघि रामोसले घरमा आफ्नी हजुरआमालाई गोली हानेको सिएनएनले लेखेको छ।
एक दशकअघि कनेक्टिकटमा स्कुलमा गोली हानी २० जना बालबालिका र ६ जना वयस्कहरुको ज्यान गएपछिको यो सबैभन्दा भयानक घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.