ओलीको चुनौती– मैले जस्तै व्यक्तिगत सम्पत्ती राज्यलाई हस्तान्तरण गरेर देखाउनुस्

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भ्रष्टाचार गर्न आवश्यक नरहेको बताएका छन्।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले आफू र श्रीमतीको सम्पत्ती राज्यलाई हस्तान्तरण गरिसकेको अवस्थामा पनि आफूमाथि भ्रष्टाचारको आरोप लगाउनु गलत रहेको बताए।

‘मेरो बारेमा भ्रष्टाचारको चर्चा गर्ने नेताहरुलाई चुनौती दिन चाहन्छु । मैले सम्पूर्ण चल अचल सम्पत्ती राज्यका नाममा गरेको छु । मैले आफ्नो सम्पत्ती राज्यका लागि ल्याइदिन भ्रष्टाचार गर्नुपर्ने ? के का लागि भ्रष्टाचार गर्ने ?,’ ओलीले प्रश्न गरे।

उनले आफूमाथि औँला ठड्याउनेलाई  व्यक्तिगत सम्पत्ती राज्यका नाममा हस्तान्तरण गर्न  चुनौती दिएका छन् । ‘म माथि औँला ठड्याउनुभन्दा अगाडि कुनै महानुभाव निस्कनुस न राज्यको नाममा सम्पत्ती हस्तान्तरण गर्ने,’ उनले भने ।

सम्पत्तीको लोभ गर्नुपर्ने कारणै नभएको पनि ओलीले बताए । ‘मैले सम्पत्तीमा लोभ गर्नुपर्ने, अर्काको नाममा सम्पत्ती राखेर म आफू बदनाम हुनुपर्ने कुनै कारण छैन। आफू नखानेले अर्कालाई किन  खुवाउँछ ?,’ उनले भने, ‘ केपी ओलीलाई मुखभरीको जवाफ दिन भएपनि राज्यको नाममा सम्पत्ती हस्तान्तरणको घोषणा गर्नुस् त। यही संसदबाट गर्नुस् । घुमाइफिराइ मलाई छेड हान्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.