हप्तामा २ पटक मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दियो : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले सरकारको चर्को आलोचना गरेको हुन्।

ओलीले सरकारको आलोचना गर्दै भने, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको छ।’

पेट्रेलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गर्नुको कारण खोजेका छन्। निजी क्षेत्रलाई कारोबारको जिम्मा दिएर आयाल निगमलाई ध्वस्त बनाउने खेलमा सरकार लागेको आरोप लगाए।

‘३० गते भोट नमागुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हानिदिने जनतालाई? ओलीले सरकारमाथि प्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.