यू-२० फुटबल टोलीको प्रशिक्षक बने केसी

A notice in Nepali from Mechinagar Ward No. 10

युवा प्रशिक्षक मेघराज केसी २० वर्ष मुनिको नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार केसीलाई यू–२० टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो।

थ्रीस्टार तथा सातदोबाटो युथ क्लबका प्रशिक्षक समेत रहिसकेका केसीले अब साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टोली सम्हाल्नेछन्।

मुख्य प्रशिक्षकमा नियुक्त भएपछि केसीले भने, अब आफूले जुलाई २५ देखि अगष्ट ३ सम्म भारतमा हुने साफ यू–२० मा मुख्य ध्यान दिने बताए।

त्यसपछि एएफसी एशियन कप छनोट मुख्य लक्ष्य हुनेछ।

नेपालले साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेल २५ जुलाईमा माल्दिभ्ससँग खेल्ने तालिका छ। श्रीलंकासँग २७ र भारतसँग ३१ जुलाई र बंगलादेशसँग अगष्ट २ मा खेल्नेछ।

यस्तै बहराइनमा हुने एएफसी यू–२० छनोटका लागि नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग खेल्नेछ। छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ।

छनोट खेलमा नेपालले भुटानसँग १० सेप्टेम्बर, कतारसँग १२, १४ तारिखमा बहराइनसँग र अन्त्मि छनोट खेलमा १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्ने तालिका छ।

च्याम्पियनसिपका लागि एन्फा कम्प्लेक्सको मैदानमा जुन ४ देखि ७ सम्म खेलाडी छनोट हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.