२२ कराेड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : नेपाल राष्ट्र बैंक लिमिटेडले २२ कराेड ३२ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १७ कराेड ८७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड ११ लाख रुपैयाँ गरी कूल २२ कराेड ३२ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.