झापामा ९६१ जना उम्मेदवारको धरौटी रकम जफत

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, भद्रपुर :  झापा जिल्लामा ९६१ जना उम्मेदवारको धरौटी अर्थात् जमानत रकम जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।

जिल्लाका १५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २ हजार ७८६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ३४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको हो।

प्रमुख/अध्यक्षमा ८३, उपप्रमुख/उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए।

नगरपालिकातर्फ अर्जुनधारामा एक प्रमुख र दुई उपप्रमुख गरी ४४ जना, भद्रपुरमा ५ प्रमुख र ४ उपप्रमुख गरी ८९ जना, मेचीनगरमा ७ प्रमुख र ५ उपप्रमुख गरी १३२ जना, बिर्तामोडमा ७ प्रमुख र ६ उपप्रमुख गरी ६० जना, शिवसताक्षीमा ७ प्रमुख र ३ उपप्रमुख गरी ९३ जना, दमकमा १४ प्रमुख र ६ उपप्रमुख गरी ८० जना, कनकाईमा ४ प्रमुख र ५ उपप्रमुख गरी ७२ जना, गौरादहमा ८ प्रमुख र ५ उपप्रमुख गरी ६६ जनाको धरौटी जफत भएको छ।

त्यस्तै गाउँपालिकातर्फ  कचनकवलमा ६ अध्यक्ष र ३ उपाध्यक्ष गरी ६३ जना, कमलमा ५ अध्यक्ष र ६ उपाध्यक्ष गरी ५२ जना, गौरीगञ्जमा ४ अध्यक्ष र ४ उपाध्यक्ष गरी ७० जना, झापामा ५ अध्यक्ष र २ उपाध्यक्ष गरी ५४ जना, बाह्रदशीमा ६ अध्यक्ष र २ उपाध्यक्ष गरी २४ जना, बुद्धशान्तिमा ३ अध्यक्ष र ३ उपाध्यक्ष गरी ४० जना, हल्दीबारी एक अध्यक्ष र एक उपाध्यक्ष गरी २२ जनाको धरौटी जफत भएको हाे।

पालिका र वडा तहमा खसेको मतभन्दा उम्मेदवारले १० प्रतिशत भन्दा कम मत ल्याउनेको धरौटी जफत हुने निर्वाचन आयोगको निर्देशिकामा उल्लेख छ। सो निर्देशिका बमोजिम १० प्रतिशत भन्दा कम मत ल्याउनेको धरौटी रकम जफत भएको हो।

प्रमुख/अध्यक्ष पदको उम्मेदवारको हकमा १ हजार ५ सय, उपप्रमुख/उपाध्यक्षको हकमा १ हजार ५ सय, वडाध्यक्षको हकमा एक हजार, खुला सदस्यको हकमा ५ सय, महिला र दलित महिलाको हकमा २५० रुपैयाँको दरले उम्मेदवारी दर्ता गराउँदा धरौटी रकम लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए।

महिलालाई विशेष प्राथमिकता दिएकोले प्रमुख वा उपप्रमुख महिला उम्मेदवार भएको अवस्थामा ७ सय ५० रुपैयाँ लिएको उनले बताए। १० प्रतिशत भन्दा कम ल्याउने सबै उम्मेदवारको धरौटी रकम जफत भएको उनको भनाई छ।

धरौटी रकम जफत हुने उम्मेदवारहरूमा नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, लाेसपा, एकीकृत समाजवादी, विवेकशील पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन, जनमत पार्टी र स्वतन्त्र रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.