पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने फैसला सर्वोच्चले उल्टायो

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, काठमाडौँ : सर्वोच्च अदालतले श्रीमती हत्याका अभियुक्त पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएको छ ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीशहरू टंकमोक्तान, कुमार चुडाल को इजलासले कोइरालाको कैद साजाय घटाउने यसअघिको राय बदर गरेको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले गरेको सजाय घटाइदिने फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो।

कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोक गरेको थियो।

सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला कैदमुक्त भैसकेका छन्। अब भने उनले जन्मकैद नै भुक्तान गर्नुपर्ने छ। उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.