कर्मचारीहरूको तलब १५ प्रतिशत बढ्यो, कसको कति पुग्यो ? ( सूचीसहित )

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ । जुन तलब आगामी आर्थिक वर्षको साउन १ गतेदेखि कार्यान्वनमा आउनेछ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९-०८० को बजेटमार्फत कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धिको घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्षमा तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।
निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवक कर्मचारीको तलब बृद्धि गरिएको अर्थमन्त्री शर्माले बताए ।

त्यस्तै हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिइएको छ । यसका साथै राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।

१५ प्रतिशतले बृद्धि गरिदा सबैभन्दा बढी मुख्य सचिवको १० हजार ७१ रूपैयाँ बढ्छ । सुरु तलब स्केल ६७ हजार १४० मा १५ प्रतिशतले मुख्य सचिवको तलब बृद्धि हुँदा ७७ हजार २११ रूपैयाँ हुनेछ ।

त्यस्तै सचिवको तलबमा १५ प्रतिशतले बृद्धि गर्दा ७२ हजार ८२ रूपैयाँ हुनेछ । ४९ हजार ३८० रूपैयाँ तलब रहेको सह–सचिवको १५ प्रतिशतले बृद्धि गरिँदा ५६ हजार ७८७ रूपैयाँ हुनेछ ।

४२ हजार ३८० रूपैयाँ तलब कायम रहेको उप–सचिवको १५ प्रतिशतले बढ्दा ४८ हजार ७३७ रूपैयाँ हुनेछ ।
३७ हजार ९९० रूपैयाँ तलब रहेको शाखा अधिकृतको अब ४३ हजार ६८९, ३० हजार २०० रूपैयाँ रहेको नायब सुब्बाको ३४ हजार ९०२, २८ हजार ६१० रूपैयाँ तलब रहेको खरिदारको ३२ हजार ९०२ र २४ हजार १० रूपैयाँ रहेको मुखियाको तलब बढ्दा २७ हजार ६१२ रूपैयाँ हुनेछ ।

सरकारले चालु आर्थिक वर्षमा भने कर्मचारीको तलबभत्तामा बृद्धि गरेको थिएन् । अर्थतन्त्र धरासायी बनिरहेको बेला सरकारले कर्मचारीको तलब भने बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.