Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारनेपालले शैक्षिक बर्ष सुनिश्चत गर्न अहोरात्र मेहेनत गर्दैछ : मन्त्री गिरिराज...

नेपालले शैक्षिक बर्ष सुनिश्चत गर्न अहोरात्र मेहेनत गर्दैछ : मन्त्री गिरिराज मणी पोख्रेल

२७ मङ्सिर इटाभट्टा । शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले झापाको मेचीनगरमा एक पुस्तकालयको उद्घाटन गर्नुभएको छ ।

मन्त्री गिरिराज मणी पोख्रेलले आज एक कार्यक्रम बीच मेचीनगर ८ इटाभट्टास्थित आदर्श माविको पुस्तकालयको उद्घाटन गर्नुभएको हो । विद्यालय परिसरमा रहेको पुस्तकालय रु १८ लाखको लगानीमा निर्माण भएकोे हो ।

विश्वभरि फैलिएको कोभिड १९ कामहामारी कारण विश्वका ४५ देशले शैक्षिक सत्र रद्द गरेको स्मरण गराउँदै मन्त्री पोख्रेलले यो बर्षको शैक्षिक सत्र खेर नजाने बताउँनु भएको छ ।
नेपालले शैक्षिक बर्ष सुनिश्चत गर्न अहोरात्र मेहनत गरिरहेको पनि पोख्रोलले बताउनु भयो । मन्त्री पोख्रेलले यो बर्षको कक्षा १० को परीक्षा पुरानै ढंगमा गर्ने या नयाँ तरिकाले लिने भन्ने बिषयमा परामर्श भइरहेको बताउँनु भएको छ ।


सो कार्यक्रममा बिशिष्ट अतिथिकोतर्फबाट मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखर काम गरिहेको बताउनु भएको छ ।
मन्तव्यकै क्रममा विद्यालयका प्रध्यानाध्यापक कृष्ण पुरीले विद्यालयको तर्फबाट मन्त्रालयसंग प्रस्तुत गरिएको माग पत्र वाचन गर्नु भएको थियो ।

त्यसैगरी संघीय सांसद कुमारी मेचे, प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, राधा थापा, नेकपा प्रदेश १ कमिटि सदस्य ज्योतीसिंह दर्लामी, शिक्षक संगठनका नेतृत्व वर्ग तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पोख्रेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक लम्बोदर पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवन्तराज पोख्रेलले गर्नु भएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु