मेचीनगरमा नगरकार्यपालिकाको निर्वाचन प्रक्रियासुरु : निर्वाचनमा नेकपा एमालेकै उम्मेद्वार चयन हुने निश्चित जस्तै

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, मेचीनगर : आगामी जेठ १९ गते हुनगईरहेको मेचीनगर नगरकार्यपालिकाको निर्वाचनका लागि नेकपा एमालेकातर्फबाट कार्यपालिका सदस्यहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलका अनुसार ५ महिला तथा अल्पसंख्यक वा दलित ३ गरी ८ जना कार्यपालिका सदस्यका लागि सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले आइतबार तोकेको उम्मेद्वारी दर्तामा नेकपा एमाले र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च तर्फबाट उम्मेद्वारी दर्ता भएकाहरु नै सर्वसम्मत रुपमा कार्यपालिका सदस्य हुने भएका छन ।

सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुमा महिलातर्फ अन्जु थापा, कविता खनाल सार्की, तिलजा देवान, मायादेवि प्याकुरेल र रीता परियार रहनु भएको छ । पाँचै जना महिला एमालेबाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो ।

त्यस्तै दलित वा अल्पसंख्यक तर्फ चित्रकुमार धिमाल र हिर्दय राजवंशी एमालेबाट र अमित राई संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट रहनु भएको छ । आवश्यक संख्या बराबर उम्मेद्वारी दर्ता भएको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिनु भयो ।

मेचीनगरमा निर्वाचित महिला वडा सदस्यबाट ५ जना बाहिरबाट दलित वा अल्पसंख्यक ३ जना गरी ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन । मेचीनगरमा ७७ जना निर्वाचित जनप्रतिनिधिहरुले मतदान गर्ने उक्त कार्यपालिका निर्वाचनमा नेकपा एमालेकै उम्मेद्वार चयन हुने निश्चित जस्तै छ ।

७७ सदस्य जनप्रतिनिधि निर्वाचित मध्ये ६८ जना एमालेबाट नै निर्वाचित भएका छन । नेपाली काँग्रेसबाट ८ जना र माओवादी केन्द्रबाट एक जना निर्वाचित छन् । कार्यपालिका सदस्य चयन पछि मेचीनगरको नगर सभाको संख्या ८० पुग्ने छ । कार्यपालिकामा नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष सहित २५ जना रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.