यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताए ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताए ।

‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् । संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो’ उनले भने ।

सचिव भट्टराईले अघि भने, ‘सायद हाम्रो लोकतन्त्र, हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदैछ, हामी उत्तेजना र आवेशबाट, संयमता र धैर्यतातिर जाँदैछौं, त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.