इलाम । इलामका मित्रलाल भट्टराइले ८१ वर्षको उमेरमा विवाह गरेका छन् । दुवैको भिडियो तथा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
काठमाण्डौ बस्दै आएका भट्टराइले धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग विहे गरेका हुन् ।
इलामकै पहिलो इन्जिनियर समेत रहेका भट्टराइले पहिले इलामकै सुम्बेकबाट निरौला कुलकी चेलीसँग विवाह गरेका थिए ।
दुइ दशकअघि निधन भएपछि एक्लै बस्दै आएका उनले विवाह गरेका हुन् । दुलहिको उमेर भट्टराइभन्दा आधा कम रहेको बताइएको छ ।