नदी किनारमा वडाध्यक्ष कार्कीको पत्रकार सम्मेलन

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, मेचीनगर : मेची नदीको डिल । पारितिर भारतीय बस्ती । वारितिर हात्तीपीडित बाहुनडाँगी । पराल र खोसेलाको पिरामा बसे वडाध्यक्ष अर्जुन कार्की । अनि पढ्न थाले–आदरणीय पत्रकार साथीहरु……!

यो दृश्य हो मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन काकीले आज बाहुनडाँगीमा गरेको पत्रकार सम्मेलनको ।

जेठ २२ गते बाहुनडाँगीमा आयोजना हुन लागेको विश्व वातावरण दिवस कार्यक्रमका बारेमा जानकारी दिन उनले आज मेचीको बगर क्षेत्रमै पिरामा बसेर पत्रकार सम्मेलन गरे ।

न तामझाम, न कुनै साजसज्जा । झट्ट हेर्दा सामान्य लाग्ने तर गहिरिएर मनन गर्दा परम्परा र संस्कृति सुहाउँदो कार्यक्रम गरेको भान हुन्थ्यो त्यो पत्रकार सम्मेलन ।

ठूला र सुविधासम्पन्न होटल र सभाहलमा मात्र पत्रकार सम्मेलन गरिने महँगो परम्परा तोड्दै वडाध्यक्ष कार्कीले पिरामा बसेर गरेको पत्रकार सम्मेलन सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

केही व्यक्तिले उनको यो प्रयासलाई मितब्ययी र संस्कृतिको प्रवर्धनसँग जोडेर प्रशंसा गरेका छन् भने केहीले अनावश्यक ढर्रा र नाटक भनी टिप्पणी गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा उनले जेठ २२ गते बाहुनडाँगीमा हुने वातावरण दिवसको कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरीप्रसाद पौडेल प्रमुख अतिथि रहने जानकारी दिएका छन् ।

वातावरण र बन्यजन्तु संरक्षण क्षेत्रमा लागेका विज्ञहरुको सो अवसरमा भब्य सहभागिता रहने उनको भनाई छ ।

कार्कीले आफ्नो पाँच वर्षे कार्यकालमा वडाभित्र ५ लाख वृक्षारोपण गर्ने र बाहुनडाँगीलाई हरित क्षेत्रको रुपमा चिनाउने दावी गरे । उनले जेठ २२ गते वृहत रुपमा वृक्षारोपण गरिने समेत बताए ।

बाहुनडाँगीबासीलाई जंगली हात्तीबाट जोगाउने र दुर्लभ चराहरुको संरक्षण गर्ने जिम्मा आफ्नो भएको उनले बताएका थिए ।

पत्रकार सम्मेलन गरिएको स्थान भारतबाट हात्ती प्रवेश गर्ने प्रमुख स्थानको रुपमा चिनिएको प्रसाद गौडामा रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.