अबको दुई वर्षमा डीएसएलआरलाई स्मार्टफोनको क्यामेराले विस्थापित गर्छः सोनी

A notice in Nepali from Mechinagar Ward No. 10

२१ जेठ, काठमाडौँ : सोनीले भर्खरैमात्र क्यामेरा फोनलाई लिएर रोचक अनुमान प्रस्तुत गरेको छ । डीएसएलआर क्यामेरामै काम गर्दै आएको सोनी स्वयम्‌का लागि यो चुनौतीको विषय हो ।

कम्पनीले आगामी दुई वर्षमा स्मार्टफोनमा हुने क्यामेराको क्वालिटी हाल सिंगल लेन्स क्यामेरा सरह हुने बताएको छ । ‘हामीलाई विश्वास छ कि अझै पनि स्मार्टफोन क्यामेराको क्वालिटी विस्तार हुँदै जानेछ,’ कम्पनीका सेमिकण्डक्टर सोलुसनका प्रमुख कार्यकारी अधिकृत तेरुशी शिमिजुले भने, ‘सन् २०२४ भित्र मोबाइल क्यामेराको क्षमता सिंगल लेन्स डीएसएलआर सरह हुनेछ ।’

यसमा सोनी आफैँले पनि काम गरिरहेको समेत उनले बताएका छन् । ‘हामी स्मार्टफोन सेन्सरमा काम गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘यो लेन्स हाल सिंगल लेन्स क्यामेरामा उपलब्ध सेन्सरको तुलनमा निकै सानो हुनेछ । अझ आगामी दिनमा पिक्सेलमा हुने नयाँ स्ट्रक्चरले मोबाइललाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ ।’

साथै पछिल्लो समय क्यामेरामा विकास भएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले फोटो सुटिङ क्षमता समेत बढाउने उनले बताएका छन् ।(टेकपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.