चन्द्रगढीको महेन्द्र पार्क सरसफाइमा प्रहरीको अवरोध

A notice in Nepali from Mechinagar Ward No. 10

२२ जेठ, भद्रपुर : श्री ५ महेन्द्र शालिक पुनर्स्थापना समितिले आयोजना गरेको चन्द्रगढी स्थित महेन्द्र बाटिकाको सरसफाई कार्यक्रममा प्रहरीले रोक लगाएको छ। करिब २०० को संख्यामा स्वतन्त्र युवाहरु झाडु र कुचो बोकेर सरसफाई गर्न जाँदा उनीहरुलाई प्रहरीले गेटमै रोकेको थियो । संयोजक सन्जीब मैनालीले  ५ जना महिला दिदीबहिनीलाई प्रहरीकै निगरानीमा बाटिका सरसफाई गर्न दिन आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि उपस्थित युवाहरुले चर्को नाराबाजी गर्दै सरसफाई गर्न पाउनुपर्ने माग राखेका थिए र केही बेर घम्साघम्सी पनि भएको थियो। उनीहरु राप्रपाको कार्यकर्ता भएको प्रशासनको बुझाइ छ । त्यसैले प्रशासनले करिब २ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाएको थियो।

गत जेठ १८ गते समाजसेवी जयनारायण ढुङ्गानाको सौजन्यमा महेन्द्र बाटिकामा रङरोगन र श्रृङ्गारका कामलाई नगरपालिका प्रमुखको ठाडो आदेशमा प्रहरीले रोकेको सचीब सन्तोष बिमलीले बताए। १६ वर्ष देखि सरसफाई र श्रृंगार नपाएको महेन्द्र बाटिकामा विगतका ५ वर्षको स्थानीय शासनले व्यावस्ता गरेपछि सचेत नागरिकहरूले उक्त कार्य गर्दा रोक लगाइएको समितिले जनाएको छ । 

नगरप्रमुखको आदेशमा श्रृंगार काम रोकिएपछि युवाहरू आक्रोशित भएका थिए। सोही दिन जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बसेको सर्वदलीय संयन्त्रले कुनैपनि स्वतन्त्र व्यक्तिहरूले स्वःस्फूर्त रूपमा गरिने सरसफाइ तथा पुरानै स्वरूपमा फर्काउने गरी गरिएको रङरोगनलाई अनधिकृत भनी घोषणा गरेको थियो । 

यसैगरी जेठ २० गते बेलुका ४.३० मा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा, जिल्ला सुरक्षा निकाय प्रमुख र समितिका प्रतिनिधि सहित बसेको जिल्ला सर्वदलीय बैठकमा कुनै ठोस निर्णय हुन सकेको थिएन। श्री ५ महेन्द्रको शालिक पुनर्स्थापना गर्न नगरपालिकामा निवेदन दिएर प्रक्रियामा आएमा नगर कार्यपालिकाको बैठकबाट पारित भए मात्र सम्भव हुने कुरामा समितिका प्रतिनिधिले असहमति प्रकट गर्दै सहमतिमा हस्ताक्षर नगरी बाहिर आएको समितिका प्रतिनिधिले जानकारी दिए।

‘ हाम्रो बटमलाइन श्री ५ महेन्द्रको शालिक पुनर्स्थापना हुनुपर्छ भन्ने हो, अरु कुनै निर्णय मान्य हुनेछैन, साथै रोकिएको रङरोगनको कार्यलाई पनि सुचारु गर्न नगरपालिका सहमत भए मात्र हामी प्रक्रियामा जान्छौ’ सह-संयोजक चरन प्रसाईले भने। प्रदर्शन पछि भएको कोण सभालाई सम्बोधन गर्दै वक्ताहरुले महेन्द्र बाटिकाको सरसफाइ गर्न नदिनु नगरप्रमुख सरसफाइ गर्ने जस्तो सकारात्मक कार्य संग डराएर सैयौंको संख्यामा प्रहरी परिचालन गर्नु गणतन्त्र कायर भएको र यो नै आफ्नो जीत हो भन्दै आउँदा दिनमा चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.