काँकरभिट्टा क्याम्पसमा योग शिविर सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, मेचीनगर: काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजना र पातञ्जल योग समिति १ नम्बर प्रदेशको प्राविधिक सहयोगमा एकसय दिने योग शिविर झापाको मेचीनगरमा सुरु भएको छ ।

शिविरको काँकरभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको थियो । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित शिविरमा मानिसमा नियमित आहार विहार र तनावका कारण पछिल्लो समय विभिन्न रोगले सताउन थालेको योग प्रशिक्षकहरुले बताएका छन् । मानिसको जीवनशैली र खानपानमा विभिन्न प्रकारका ‘फास्टफुड’को प्रयोगले विभिन्न रोगले सताइरहेको छ र यसबाट मुक्ति पाउने एउटा मात्र उपाय नियमित योग र ध्यान रहेको भनाई छ ।

योग पुर्खाले शुरु गरेको भए पनि यसलाई पछिल्लो समय फरक तरीकाले प्रयोग गर्न थालिएको छ । रोगीका लागि उपचार पद्धति, निरोगीका लागि जीवन पद्धति, विद्यार्थीका लागि क्षमता अभिवृद्धि, खेलाडीका लागि सन्तुलन पद्धति रहेको पताञ्जलि योग सामिति नेपालका उपाध्यक्ष गंगाप्रसाद ढकालले वताउनुभयो ।

मानिसले राम्रो जीवन पाए पनि जिउने तरीका नजानेका कारण समस्या हुँदै गइरहेको छ । परिवारमा एकजना सदस्य विरामी हुनु भनेको सिंगो परिवारका साथै समुदायमा समेत त्यसको असर पर्न सक्ने योग प्रशिक्षकहरुको भनाई छ । यसबाट मुक्ति पाउने एकमात्र उपाय योग रहेको काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो ।

पछिल्लो समय स्कूल र कलेजमा योगको महत्व बढ्दै गहरहेको छ । रोग लाग्नु भन्दा पहिले आफ्नो शरीरलाई स्वस्थ्य राख्यो भने विभिन्न रोगबाट बच्न सकिन्छ । त्यसैले रोग लगेर योगमा धाउनु भन्दा पहिले नै आफ्ना नानीहरुलाई यसतर्फ लाग्न प्रेरित गर्न आवश्यक परेको पाताञ्जल योग समितिका केन्द्रीय सदस्य गोविन्दप्रसाद तिवारीले बताउनु भयो ।

पातञ्जल योग समितिका केन्द्रीय सदस्य गोविन्दप्रसाद तिवारीको अध्यक्षताम सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश अध्यक्ष केशव ताम्राकार, पताञ्जलि योग समिति झापा जिल्ला अध्यक्ष श्याम ल्वागुन , दमक नगर समिति अध्यक्ष हेमन्तीदेवी गजुरेल, सदस्य लिलावन भारती लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पातञ्जल योग समिति मेचीनगर नगर सदस्य सदस्य रेखा पराजुलीले स्वागत गर्र्नु भएको कार्यक्रको सञ्चालन पतञ्जलि योग समिति प्रदेश नं. १ की कोषाध्यक्ष अनिता गुरागाईंले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.