Sunday, May 9, 2021
- बिज्ञापन -
गृह राष्ट्रियहात्ती आक्रमणबाट एकजनाको मृत्यु

हात्ती आक्रमणबाट एकजनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालीकामा हात्ती आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो ।

आइतबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्ती सोमबार बिहान फर्किने क्रममा कोशी गाउँपालीका वार्ड नम्बर ६ श्रीपुर घरभइ वार्ड ७ स्थित हरिपुरमा खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गर्दा अन्दाजी २८ वर्षका प्रमोद यादवको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी,नेपाल आर्मीका साथै स्थानीय प्रहरी घटनास्थलमा पुगी अनुसन्धान गरिरहेका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु