एसियाकप २०२३ र विश्वकप फुटबल २०२२ छनोटको तयारी सुरु

काठमाडौं, मंसिर २९ गते । एसियाली फुटबल संघले दोस्रो चरणको छनोट खेलको तालिका गत साता सार्वजनिक गरेपछि राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल कतार २०२२ र एसिया लिग छनोटको तयारी सुरु गरेको छ ।

अखिल नेपाल फुटबल संघले घरेलु मैदानमा हुने दोस्रो चरणको विश्वकप छनोटका लागि तयारी सुरु गरेको हो ।
एन्फाले दुई साता अघि विश्वकप छनोटको दोस्रो चरणको खेलको तयारी स्वरुप बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडीको सूची सार्वजनिक गरेको थियो । सूचीका खेलाडीलाई लिएर आइतबारबाट तयारी सुरु गरिएको छ । प्रशिक्षणबाट एन्फाले छनोट खेलका लागि खेलाडी चयन गर्नेछ ।

नेपालले विश्वकप फुटबल कतार २०२२ र एएफसी एशिया कप २०२३ चीनको लागि दोस्रो चरणको छनोट खेल्नेछ । पहिलो चरणको छनोट कोभिड–१९ महामारी सुरु भएकै बेला सम्पन्न भएपनि दोस्रो चरणको छनोट खेल महामारीले प्रभावित बनेको हो । कार्तिकमामै हुने निर्धारित दोस्रो चरणको खेल आगामी चैत्तमा हुनेछ ।
एसियाली फुटबल संघले सार्वजनिक गरेको तालिका बमोजिम चैत्त १२ गते चाइनिज ताइपेइसँग र चैत्त १७ गते अष्ट्रेलियासँग नेपालले घरेलु मैदानमा स्पर्धा गर्नेछ । जोर्डन विरुद्धको खेल आगामी जेठमा हुनेछ ।

छनोटमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै नेपाल समूह बीमा रहेको छ । अष्ट्रेलियाले पहिलो चरणको आफ्नो सबै खेल जितेर १२ अङ्कसहित पहिलो स्थानमा छ भने कुवेत र जोर्डन सामान १० अङ्कसहित दोस्रो र तेस्रो तथा नेपाल चौथो स्थानमा छ । नेपालले चाइनिज ताईपेइ विरुद्धको खेल जितेर तीन अङ्क बटुलेको छ । चाइनिज ताइपेइ भने अङ्कविहीन हुँदै पूछारमा छ ।
नेपालले घरेलु मैदानका लागि निर्धारित कुवेत विरुद्धको दोस्रो चरणको पहिलो खेल तटस्थभूमी भुटानमा खेलेको थियो । जसमा १–० को हार बेहोर्यो ।
प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा गरेपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरिएको छ । महर्जन बन्द प्रशिक्षणमा प्रशिक्षकको भूमिकामा रहनुभएको छ ।
छनोटमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै नेपाल समूह – बी मा छ । अष्ट्रेलियाले पहिलो चरणको आफ्नो सबै खेल जितेर १२ अङ्कसहित पहिलो स्थानमा छ भने कुवेत र जोर्डन सामान १० अङ्कसहित दोस्रो र तेस्रो तथा नेपाल चौथो स्थानमा छ । नेपालले चाइनिज ताईपेइ विरुद्धको खेल जितेर तीन अङ्क बटुलेको छ । चाइनिज ताइपेइ भने अङ्कविहीन हुँदै पुछारमा छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.