२८ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा मात्र जेसिवी प्रयोग गर्न बन्द गरेको छ ।
मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको ४ मध्ये तीन वटा नदिहरु निन्दा, हडिया र टिमाई खोलामा ठेकेदारलाई जेसिवी मेसिनबाट प्रयोग गर्न बन्द गरेको हो ।
उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले ठेकेदारसँग सम्झौता भए अनुसार मेची खोला बाहेक निन्दा, हडिया र टिमाई खोलामा निर्माण सामाग्री उत्खनन् गर्दा जेसिवी प्रयोग नगर्न आग्रह गरिएको बताइन् ।
ठेक्का सम्झौता अनुसार आईई प्रतिवेदन भएका निन्दा, हडिया र टिमाइ मध्ये मेची खोलामा जेसिवी मेसिन प्रयोग गर्न बन्द नगरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।
ठेक्का अनुसार केहिदिनका लागि घर तथा अन्य सामाग्री निर्माण सम्बन्धी नदि उत्खनन् गर्न ट्याक्टर प्रयोग गर्न रोक नलगाइएको उनको भनाई छ ।
सरकारले देशभर असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ । मेचीनगरमा पनि चाँडै सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाउने तयारी गरिएको उपप्रमुख उप्रेतीले बताइन् ।


























