Thursday, June 24, 2021
- बिज्ञापन -
गृह राजनीतिझापामा कांग्रेसको विशाल प्रदर्शन

झापामा कांग्रेसको विशाल प्रदर्शन

विर्तामोड । नेपाली कांग्रेस झापाले विर्तामोडमा आज विशाल प्रदर्शन गरेको छ ।

कांग्रेस केन्द्रको निर्देशनअनुसार पार्टी कार्यालय झापाले आज सोमबार विर्तामोडमा विशाल प्रदर्शन गरेको हो ।

कांग्रेस समर्थनमा लागेको भीडले सरकारको चर्को आलोचना गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य तथा महामन्त्री डा प्रकाश शरण महतले दुइतिहाईको दम्भले नेकपाको सरकार जनताविरोधी रहेको बताउनुभयो ।
वहाँले सरकारबाट जनता आजित भएको तर्क गर्दै अबको नेतृत्व कांग्रेसको विकल्प नरहेको बताउनुभयो ।मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, अन्याय र अत्याचारबाट जनता आजित भएको उदृत गर्दै उनले सरकारप्रति जनताको विश्वास गुमेको तर्क गर्नुभयोे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य माननीय केशवकुमार बुढाथोकी लागायतको उपस्थिति रहेको थियो भने कार्यक्रम पार्टी जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु