३० जेठ, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन नपाएर जनता आजित भएको बेलामा सरकार मौन धारण गरेर बसेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै सरकारका मन्त्रीहरु जिम्मेवार नबनेको कारणले किसानले मल नपाएको बताएका हुन्।
उनले भने, ‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ। १०/१२ लाख मेट्रिक टन धान अपुग हुन्छ। जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन्। के आधारमा आयात घट्छ? खै सरकारसँग के कार्यक्रम छ।’
संसदमा अधिकांश सांसदहरुले मल अभावबारे कुरा राख्दा समेत सरकार बेखबर बनेको उनकाे बताए।
‘यत्रो ठुलो अभावले जनता रोएर बसिरहेको बेलामा सरकार मौन धारण गरेर बसेको छ। मन्त्रीज्यूहरू कतै कुनै जिम्मेवार नभएको अनुभूति गर्न पाइएको छैन। हामीले बजेटमाथि बोल्दा भन्यौँ। हामीले आजबाट खबरदारी गरेका होइनौँ। सरकार जनतालाई समस्या परेको बेलामा सहयोग गर्न सरकार बनेको हो’ उनको भनाइ छ।

























