आजदेखि हप्ताको दुई दिन बिदा खारेज

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, काठमाडौँ : सरकारले आजदेखि हत्पादको दुई दिन बिदा खारेज गरेको छ। आजदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको गृह मन्त्रालयले जनाएको छ।

कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।

यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ।

यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.