मधेस प्रदेशमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारकाे बजेट विनियोजन (पूर्णपाठ)

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, जनकपुरधाम : मधेस सरकारले अगामी आर्थिक वर्षका लागि रु. ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक वर्ष ०७९र८० को बजेत प्रस्तुत गरेका हुन्।

विनियोजित कुल बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत) र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) रहेको छ।

अर्थमन्त्री साहले बजेटमा वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय, आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको जानकारी दिए। नेपाल सरकारबाट राजस्व बाँडफाँटबापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको उनले बताए।

विशेष अुनदानबाट ४९ करोड र सम्पुरक अनुदानबाट ७८ करोड, ससर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार  हुँदा रु. एक अर्ब ८२ करोड दस लाख १८ हजार दुई मात्र ऋण देखिन्छ। सो ऋण पूर्ति गर्न अगामी वर्षमा आन्तिरक ऋण परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.