१ असार, धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७९।८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रुपैयाँ अर्थात् ३३.४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात् ३.७३ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री रावलले बताए।
बजेटको पूर्ण पाठः

























