अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन, हुँदैन-गृहमन्त्री खाँण

A notice in Nepali from Mechinagar Ward No. 10

२ असार, काठमाडौँ : सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भनेका छन्, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’ नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्री खाँणले बताए ।

प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’

नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए । तर सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने भन्दै उनले भने, ‘तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँँग सैन्य सन्धि गरेर सेना आउने, नेपालको भूभागमा अर्को देशको सेना आउने, टुँडिखेलमा आएर परेड खेल्ने हुन सक्दैन । यसमा सहमति छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.